लखन बचत तथा ऋण सहकारीको सहकारी शिक्षा तालिम

पोखरा, २६ माघ
लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१० ले आफ्ना शेयर सदस्यका लागि एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । बिहीबार आयोजित तालिममा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख चोलाकान्त वाग्ले र शाखा अधिकृत महेशराज पौडेलले प्रशिक्षण दिनुभएको थियो ।


सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी शेयर सदस्यहरूलाई सहकारी ऐन, कानून, नियमावली एवं सहकारी सिद्धान्तका बारेमा जानकारी गराइएको थियो । साथै, सो अवसरमा वित्तीय साक्षरतासम्बन्धी “समृद्धि” नामक वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । शिक्षा उपसमितिका संयोजक रूद्रबहादुर श्रीसले तालिमको सहजीकरण गर्नुभएको थियो ।

Advertisment