पोखरामा सेगवेको शोरुम संचालनमा, सुलभ मुल्यमा इलेक्ट्रिक स्कुटर उपलब्ध

पोखरा । पोखरामा सेगवेको शोरुम संचालनमा आएको छ । शनिबार पोखराको पुरानो विमानस्थल नजिकै खोलिएको नयाँ शोरुमलाई आईहव प्रा.लिका निर्देशक लोकेश वली र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरे । शोरुमलाई पोखराका व्यवसायी प्रदीप पहारीले संचालनमा ल्याएका हुन् ।

नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरुलाई सेगवेको नयाँ उत्पादनहरु अनुभव गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । पोखराको वातावरणलाई सुहाउँदो ईलेक्ट्रिक स्कुटरहरु सेगवेमा उपलब्ध हुने आईहव प्रालिका निर्देशक लोकेश वलीले जानकारी गराए । उनका अनुसार सेगवे अमेरिकन कम्पनी र चाइनिज कम्पनी मिलेर बनेको कम्पनी हो । ‘सेगवे नेपालमा आएको एक वर्ष पुगिसक्यो । काठमाडौंमा यसले राम्रो मार्केट लिएको छ । पोखरामा पनि सफलता मिल्नेमा आशावादी छौं ।’, उनले भने ।

२ लाख ६० हजार, २ लाख ९१ हजार, ३ लाख ६० हजार र ३ लाख ९१ हजार रुपैयाँको स्कुटर अहिले सेगवेमा उपलब्ध रहेको जानकारी उनले गराए । वलीले इलेक्ट्रिक स्कुटरमा किनिसकेपछि खासै खर्च नहुने बताए । उनका अनुसार इलेक्ट्रिक स्कुटर एकपटक चार्ज गरिसकेपछि त्यसले ७५ किमी सम्म माइलेज दिन्छ । पोखराका ग्राहकहरुलाई सेगवेको उत्पादन मन पर्नेमा उनी विश्वस्त देखिन्छन् ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले पोखरामा संचालनमा आएको सेगवेको नयाँ शोरुमले पोखरा र आसपासका क्षेत्रका ग्राहकहरुलाई सेगवेका उत्पादनहरु अनुभव गर्न र खरिद गर्न सजिलो बनाउँदै ग्राहकको अनुभव अभिवृद्वि गर्ने कुरामा विश्वस्त रहेको बताए ।

बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउने संचालक प्रदीप पहारी बताउँछन् । ‘शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।’, उनले भने ।

शोरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु रहेको उनले बताए । ग्राहकहरुलाई उत्पादनहरु परीक्षण गर्ने र जानकार कर्मचारीहरुबाट विशेष मार्गदर्शन प्राप्त गर्ने मौका प्रदान गर्ने गरी पोखरामा संचालनमा ल्याइएको भनाई उनको छ ।

नयाँ शोरुम पोखराको पुरानो एयरपोर्टमा रहेको जानकारी गराउँदै उनले नयाँ शोरुममा धेरै सुविधाहरु हुनुका साथै हालसालै सार्वजनिक भएका सेगवेका स्कुटर र बाइकहरु रहेको जानकारी गराए । उनका अनुसार सेगवेको पोखरा शोरुम करिब एक करोड लागतमा संचालनमा आएको हो ।

नेपाली बजारमा पहिले नै उपलब्ध सेगवे ई–श्रृङ्खला अन्तर्गतका ई–१००, ई–१२५, ई–११०ी, ले ग्राहकको पशंसा बटुल्नुका साथै आफ्ना सुविधाहरु र सजिलो ह्यान्डलिङका लागि प्रसिद्व छन् । भर्खरै सेगवले नेपालमा एन श्रृङ्खला अन्तर्गतको एन १०० सार्वजनिक गरेको छ । सेगवे नाइनबटको एन १०० ७२–भोल्ट ईलेक्ट्रिक स्कुटर हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । एन १०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ । यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गो जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, साथै सहज नियन्त्रण र आरामदायी सिट समावेश गरिएको छ । यसका अतिरिक्त अत्याधुनिक मोबाइल एप पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ ।

 

Advertisment