२० औ स्थापना दिवसमा अमेरिका मगर संघको रक्तदान कार्यक्रम,९० यूनिट रगत संकलन !

न्यूयोर्क, मार्च/०५/२०२३

गर संघ अमेरिकाको २० स्थापना दिवसको अवसरमा मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको

सामाजिक काममा अग्रणी स्थानमा रहेको मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरले न्यूयोर्कमा रगतको अभाव हुन नदिन न्यूयोर्क ब्लड सेन्टरको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो

आईतवार भएको रक्तदान कार्यक्रममा केन्द्रिय अमेरिका मगर संघ अध्यक्ष कुलदिप राना मगर, न्यूयोर्क च्याप्टर अध्यक्ष थम बहादुर रोका मगर सचिव अमृत रोका मगर सम्पूर्ण कार्य समितिका सदस्य लगायतले प्रमुख अतिथि न्यूयोर्क स्टेट एसेम्बलि मेम्वर डिस्ट्रिक ३० का स्टेफन रागा लाई खादा लगाएर सम्मान गर्दै कार्यक्रमको अैापचारिक उद्घाटन गरिएको थियो।

मगर संघले हरेक वर्ष गर्ने आफ्नो २० स्थापना दिवसको अवसरमा क्यालेण्डर अनुसार कार्यक्रम गर्दै आएकोले यो पटक पनि न्यूयोर्कमा रगतको कमी हुन नदिन यस्तो कार्यक्रमको आयोजना गरेको हो

Advertisment