हाइभिजन ट्रेडिङ इन्टरनेशनलको ‘डिलर्स मिट’ कार्यक्रम सम्पन्न

काठमाडौं, २१ वैशाख
हाइभिजन ग्रुप अफ कम्पनी अन्तर्गत हाइभिजन ट्रेडिङ इन्टरनेशनल प्रालिको आयोजनामा डिलर्स मिट कार्यक्रम सम्पन्न भएको छ ।


काठमाडौंको नक्सालस्थित लीसरा रिसेप्सनमा भएको कार्यक्रममा भारतको चण्डीगढमा रहेको जुपिटर अक्वा लाइन्स लिमिटेड (जल) कम्पनीका प्रबन्ध निर्देशक विवेक कपुर, महाप्रबन्धक बीएम कपिला, नेपाल प्रमुख पवन कुमारले कम्पनीका धारासम्बन्धी उत्पादन सामग्रीको महत्वबारे बोल्नुभएको थियो ।
त्यसैगरी, हाइभिजन ग्रुप अफ कम्पनीका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आले, हाइभिजन ट्रेडिङ इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुमन थापा, प्रमुख सञ्चालन अधिकृत समिता राना, हाइभिजन हार्डवयर एण्ड सप्लायर्सका बिक्री प्रबन्धक श्यामकुमार न्यौपाने, हाइभिजन ट्रेडिङका बिक्री प्रबन्धक केशव आले, हाइभिजन ल्याण्ड एण्ड हाउजिङ प्रालिका प्रबन्धक ताराबहादुर केसी, परियोजना प्रबन्धक हिरु राना, बजार व्यवस्थापक पूर्ण शेरचन, जल कम्पनीका प्राविधिक अमृत बलामीलगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा कलाकार उदिराम खड्काको मयूर नाचसँगै मौलिक कौराहा, झ्याउरे र सालैजो नाच प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रमको संयोजन कलाकार कल्याण रानाले गर्नुभएको थियो । सो अवसरमा ५० भन्दा बढी डिलर प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

Advertisment