मगर संघ दक्षिण कोरियाको अध्यक्षमा घर्तीमगर

सोल, २१ मे
मगर संघ दक्षिण कोरियाको अध्यक्षमा तुलबहादुर घर्तीमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
दक्षिण कोरियाको राजधानी शहर सोलमा शनिबार सम्पन्न संघको ११ औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तारा पुनमगर, उपाध्यक्षमा धनबहादुर बुढामगर, अञ्जन थापामगर, प्रेम पुनमगर र छविन रानामगर, महासचिवमा केशर रानामगर, सचिवमा सोम बुढामगर, पीएम ग्यामीमगर र विष्णु पुनमगर तथा कोषाध्यक्षमा दिल बलामीमगर निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, महाधिवेशनबाट केन्द्रीय सदस्यहरूमा केबी सारूमगर, संगम रानामगर, सुष्मा थापामगर, मनिषा खोर्जामगर, मनिषा थापामगर, अमृत आलेमगर, सुमन्त मगर, अनिल थापामगर, होमबहादुर थापामगर र वीरेन्द्र राहुमगर निर्वाचित हुनुभएको संघका निवर्तमान अध्यक्ष टेक पुनमगरले जानकारी दिनुभयो ।

Advertisment