अमेरिकामा भुमे पर्व धुमधामसंग मनाईयो !

न्यूयोर्क,जुन/१९/२०२३

मेरिकाका मगर समुदायले भुमे पर्वको मौलिक सांस्कृतिक जगेर्ना तथा संरक्षण गर्न जमिनको पूजा गरी भुमे पर्व मनाएका छन् हरेक वर्षझै यस बर्ष पनी परम्परागत रूपमा गरिँदै आइएको भुमे पूजालाई भुमे पर्व आयोजक समिति न्यूयोर्कले यस वर्ष पनि निरन्तरता दिएको हो कार्यक्रमको शुरूवात नेपालको राष्ट्रिय गान गाएर शुरू गरिएको थियो

नेपालमा हाम्रो पुर्खाहरूले मनाउदै आएको भुमे पर्वलाई कर्मथलो अमेरिकामा पनी नयाँ आउने पिढीहरूलाई अनुसरण गर्न यस्तो कार्यक्रमले हाम्रो संस्कृतिको संरक्षण पर्वद्धन गर्नमा मद्दत हुनेकुरा प्रमुख अतिथि मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राना मगरले बताउनु भयो

भुमिको पूजा गर्नाले अन्न उत्पादन बढ्ने तथा प्राकृतिक प्रकोप कम हुने विश्वास गरिन्छ भुमीको पूजा गरेर मनाइने भएकाले यो पर्वलाइ भूमे पर्व भनिएको हो

यो पर्व मनाउदा मगर समुदायले परम्परागत पहिरन लाउने गरेका छन् परम्परागत गितमा नाच्ने पनि चलन रहेको भूमे नाचमा १२ ओटा चाल रहने गरेको

परम्परागत पहिरनमा सजिएर हातमा फुलको थुङ्गा लिइ, गोलो घेरा बनाइ आकर्षक तरिकाले भूमे नाच्ने गरिन्छ भूमे पर्वको समयमा प्रकृतीलाइ पूजा गर्नुका साथै मीठो मसिनो खाने, आफन्त भेट्ने, समुहमा नाचगान गर्ने गरिन्छ

Advertisment