मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको चौथो अधिवेशन सम्पन्न ! अध्यक्षमा अमृत रोका चयन !

 

न्यूयोर्क, जुन २५, २०२३
गर संघ अमेरिका न्यूयोर्क च्याप्टरको चौथो अधिवेशन आईतवार सम्पन्न भएको न्यूयोर्कमा भएको अधिवेशनले अमृत रोकामगरको अध्यक्षतामा नेपाल मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको पदमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

अमेरिका न्यूयोर्क च्याप्टर को चौथो अधिवेशन कार्यक्रमको उद्घाटन संस्थापक स्व. अध्यक्ष हेम बहादुर पुन मगर प्रथम सहिद लखन थापा मगरलाई दिप प्रज्वलन गरी खादा ओढाई नेपाल मगर संघ केन्द्रीय अमेरिकाका अध्यक्ष कुलदिप राना मगर  निमित्त अध्यक्ष थम बहादुर रोका मगरले गर्नुभएको थियो

न्यूयोर्कको अर्लमस्टमा भएको अधिवेशनले अमृत रोका मगर सहितको अध्यक्षतामा संघको ११ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्षमा सुसाङ बुढा मगर , सचिवमा रत्नसिह गर्बुजा मगर, सह सचिवमा दिलिप कुमार श्रीस मगर, कोषाध्यक्षमा कृष्मा पूर्जा मगर, सहकोषाध्यक्षमा निरोज पुलामी मगरलाई निर्वाचित गरिएको भने सदस्यहरुमा राजु घर्ति मगर, प्रेमाकुमारी घर्ती मगर, सुजन घर्तीमगर, सुधार बुढा मगर सुरेन पुन मगरलाई सर्वसम्मत चयन गरेको हो


यसै अबसरमा समाजको विभिन्न क्षेत्रमा योगदान दिने समाजसेवी तथा स्वयमसेवीहरूलाई प्रमाणपत्र वितरण खादा लगाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको समापन निर्वाचन समिति सल्लाहकार याम पुन मगर, मगर संघ अमेरिका केन्द्रिय अध्यक्ष कुलदिप राना मगर निर्वाचन सदस्य रूकु राना मगरले महाअधिवेशनको म्याण्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गरि गरिएको थियो

Advertisment