मगर पत्रकार संघको दोस्रो महाधिवेशन मंसिरमा

काठमाडौं, २३ साउन
मगर पत्रकार संघको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी मंसिर २ र ३ गते काठमाडौंमा हुने भएको छ ।
काठमाडौंमा सम्पन्न संघको केन्द्रीय सचिवालय बैठकले दोस्रो महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको महासचिव देव पचभैया मगरले जानकारी दिनुभयो । बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ ।
त्यसैगरी, महाधिवेशन सम्पन्न गर्न उपाध्यक्ष दीपा आलेमगरको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति, महासचिव देव पचभैया मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति, सचिव मिलन गाहामगरको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यस्तै, सचिव मनोज घर्तीमगरको संयोजकत्वमा विधान तयारी तथा संशोधन उपसमिति, सचिव रुपनी घर्तीमगरको संयोजकत्वमा आवास तथा खाना व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
संघका अध्यक्ष मनोज घर्तीमगरको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी भदौ २ गते अनलाइनमार्फत् केन्द्रीय समिति बैठक बस्ने निर्णय समेत गरेको छ । प्रत्येक दुई/दुई वर्षमा महाधिवेशन हुनुपर्ने भएपनि हालसम्म संघको महाधिवेशन हुन सकेको थिएन । झण्डै आठ वर्षपछि संघको महाधिवेशन हुन लागेको हो ।

 

 

Advertisment