राधाकृष्ण वृद्धाश्रमलाई फोनिज कास्कीको खाद्यान्न सहयोग

पोखरा, २७ साउन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । फोनिजको २४ औं स्थापना दिवसका अवसरमा कास्की शाखाले शनिबार पोखरा–३२, लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई खाना तथा खाजाका लागि खाद्यान्न सहयोग गरेको हो ।
खानाका लागि चामल र दाल सहित खाजाका लागि बिस्कुट भुजा लगायत खाद्य सामाग्री सहयोग गरेको फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले जानकारी दिनुभयो । उक्त सामान वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । सो कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष रूद्र श्रीसमगरले विभिन्न कारणले वृद्धाश्रममा बस्न बाध्य वृद्धवृद्धालाई सहयोग गर्नु फोनिज कास्कीको प्रशसंनीय कार्य भएको बताउनुभयो । फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले फोनिजको २४ औं स्थापना दिवस देशभर मनाउने क्रममा आफूहरुले वृद्धाश्रममा सहयोग गरेर मनाएको जानकारी दिनुभयो । फोनिज कास्कीले आगामी दिनमा अझ प्रभावकारी र रचनात्मक कार्य गर्दै जाने उहाँले बताउनुभयो । वृद्धाश्रममा ६५ वृद्धवद्धा रहेको वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगलले जानकारी दिनुभयो । फोनिज कास्की दिएको सहयोगले उनीहरुलाई केही दिनका लागि राहत हुने भन्दै सहयोग गर्ने फोनिज कास्कीलाई उहाँले धन्यवाद दिनुभयो । कार्यक्रममा फोनिज कास्कीका सचिव सुशील श्रेष्ठ र सदस्य वसन्त शेर्पाले आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

 

Advertisment