फोनिज जापानको चौथो अधिवेशन आगामी सेप्टेम्बर ३ मा हुने

टोकियो, १७ अगष्ट
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशन आगामी सेप्टेम्बर ३ तारिखमा हुने भएको छ ।
अधिवेशनका अवसरमा फोनिज जापानको आठौं स्थापना दिवसको अवसरमा प्रकाशित “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रम समेत एकै साथ गरिने भएको छ । नेपाल, जापान तथा अन्य देशमा रहेका बौद्धिक व्यक्तित्वहरूको लेख, रचना, विचार तथा शुभकामनासहित जापानमा रहेका एकल जातीय संस्थाहरुको संस्थागत प्रोफाइल र आदिवासी जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले आदिवासी जनजाति कलाकारहरूको प्रोफाइल स्मारिकामा समेटिएको फोनिज जापानले जनाएको छ ।


३ सेप्टेम्बर २०२३ (भदौ १७ गते) आइतबार बिहान ११ः३० बजे (जापानी समय)मा काठमाडौं लाउञ्ज एण्ड बार (नेवाः डाइनिङ)मा हुन गइरहेको कार्यक्रममा आदिवासी जनजाति पत्रकारहरूको संगठन फोनिज जापानद्वारा प्रकाशित स्मारिका विमोचन कार्यक्रममा सहभागिताका लागि फोनिज जापानले सबैलाई अनुरोध समेत गरेको छ । यसैबीच, जापानमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाई फोनिजमा आबद्ध गराउने उद्देश्यका साथ सदस्यता आह्वान गरेको छ । आवश्यक मापदण्ड पूरा गरेका जनजाति पत्रकारहरुले यथाशक्य चाँडो आफ्नो कागÞजÞात र शुल्क फुरीकोमी गर्न फोनिज जापानले अनुरोध गरेको छ ।

Advertisment