अमेरिकामा जनजातिहरूले २९ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाए !

वीर घर्ति मगर,
न्यूयोर्क, अगस्ट २६/२०२३

नेपाल आदिवासी महासंघ, अमेरिका (फिप्ना) ले २९ अन्तराष्ट्रिय विश्व आदिवासी दिवस यही अगस्ट २६ तारिख शनिवारको दिन न्यूयोर्कमा भब्य रूपमा एक कार्यक्रमको आयोजना गरी मनाएको

आत्म निर्णयको अधिकारको लागी परिवर्तनका सम्वाहक युवाभन्ने मूल नाराका साथ मुख्य आयोजक नेपाल आदिवासी महासंघ, अमेरिका (फिप्ना) ले गरेको कार्यक्रममा सहआयोजक फिप्नाका सदस्य जनजाति समुदायहरूको १८ वटा संस्थाहरू सहित प्रतिनिधि पर्यवेक्षकहरू सहभागी भएका थिए

न्यूयोर्कको अल्मर्स्टको ४००८ ७६ औ स्ट्रिट बाट शुरू गरिएको विभिन्न जनजातिको मौलिक भेषभुषा झल्किने सांस्कृतिक झाँकीसहितको र्याली डाईभर्सिटी प्लाजामा आएर उक्त स्थानमा विविध कार्यक्रम गरी सम्पन गरिएको थियो

Advertisment