मगर परिवार नेपालको अध्यक्षमा प्रनिश आलेमगर

काठमाडौं, १४ असोज
मगर परिवार नेपालको दोस्रो अधिवेशनबाट अध्यक्षमा प्रनिश आलेमगर सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा एमबी मगर, सचिवमा मिलन थापामगर, कोषाध्यक्षमा तोसिमाया थापामगर (तुल्सी), सह–कोषाध्यक्षमा कल्याण रानामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा सोफिया मगर (धनकुमारी), मौसम थापामगर, प्रमोद सारूमगर, सविना बगालेमगर, सुचिन पुलामीमगर, अञ्जन थापामगर, शिवराम मगर, आशा नाम्जालीमगर रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै पूर्व सभामुख ओनसरी घर्तीमगरले मगर जातिका नाममा विभिन्न सामाजिक संघसंस्थाहरू खुल्दै जानु जागरणको द्योतक भएको बताउनुभयो । संघसंस्था खोलेर मात्र नहुने भन्दै उहाँले संघसंस्थामार्फत् मगर समुदायको भाषा, संस्कृति संरक्षणमा मगर परिवार नेपाल (एमपीएन)को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।


सो अवसरमा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर, सहअध्यक्ष गंगा खासुमगर, उपमहासचिव चन्द्रज्योति आलेमगर, केन्द्रीय सल्लाहकार दिलबहादुर थापामगर, कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगरालगायतले मगर परिवार नेपाललाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
मगर परिवार नेपालका अध्यक्ष प्रनिश आलेमगरको अध्यक्षतामा भएको कार्यक्रममा मनिषा थापामगर, सचिव मिलन थापामगरले पनि बोल्नुभएको थियो । मगर परिवार नेपालले प्रकाशन गरेको “हाम्रो मगर भाषा” पुस्तकलाई एक मगरको घर, एक मगर भाषाको किताब अभियानलाई निरन्तरता दिइने बताइएको छ ।

 

Advertisment