केशर मेडिस्पाले मनायो पाँचौं वार्षिकोत्सव

पोखरा, २८ असोज
पोखरा–५, पस्र्याङमा सञ्चालित केशर मेडिस्पाले आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सव मनाएको छ ।
केशर मेडिस्पाको पाँचौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक डा. सुरेन्द्र सापकोटाले सबैको सहयोगले केशर मेडिस्पाले पोखरामा फरक पहिचान बनाउन सफल भएको बताउनुभयो । केशर मेडिस्पामा कार्यरत स्वास्थ्यकर्मीको अथक मेहनत, लगनशीलताले यहाँसम्म आइपुगेको बताउँदै प्रबन्ध निर्देशक डा. सापकोटाले आगामी दिनमा पनि केशर मेडिस्पाले सेवाग्राहीको माया निरन्तर पाइरहने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, मेडिस्पाका प्रवद्र्धक राजेन्द्र सापकोटाले पाँचौं वार्षिकोत्सव मनाउँदै गर्दा केशर मेडिस्पाले नयाँ उचाइ प्राप्त गरेको उल्लेख गर्नुभयो । छाला रोग विशेषज्ञ डा. सुशील कार्कीले केशर मेडिस्पाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । लायन्स क्लब अफ हेम्जाका अध्यक्ष लायन चन्द्रमान श्रेष्ठले छोटो समयमै केशर मेडिस्पाले प्रगति गर्न सफल भएको बताउनुभयो । सो अवसरमा केशर मेडिस्पाकी सञ्चालक डा. आरती सापकोटाले साथ, सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रमको सञ्चालन निराजन अधिकारीले गर्नुभएको थियो ।

 

Advertisment