नेपाल मगर संघ, दीप बगर इकाई समितिको अध्यक्षमा बालचन रानामगर

पोखरा, ३० मंसिर
नेपाल मगर संघ, दीप बगर इकाई समितिको १० औं अधिवेशन तथा २० औं वार्षिक साधारणसभाबाट अध्यक्षमा बालचन रानामगर दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रेकबहादुर थापामगर, सचिवमा चित्रबहादुर रानामगर, सहसचिवमा थकमाया रानामगर, कोषाध्यक्षमा विकास थापामगर र सहकोषाध्यक्षमा टेकबहादुर थापामगर सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा हुमबहादुर रानामगर, आइतीश्री थापामगर, तुलबहादुर रानामगर, बलबहादुर सारुमगर, झमबहादुर आलेमगर, भीमा थापामगर, बुद्धिसुबा थापामगर, कुलबहादुर थापामगर, अमरबहादुर थापामगर, बमबहादुर मगर, नेत्रबहादुर मगर, शान्त मगर र गोरेबहादुर गुर्मछानेमगर रहनुभएको छ ।


त्यस्तै, नेपाल मगर महिला संघ, दीप बगर इकाई समितिको अध्यक्षमा देवी आलेमगर सर्वसम्मत चयन हुनुभएको छ । जसको उपाध्यक्षमा अमिकला थापामगर, सचिवमा राममाया थापामगर, सहसचिवमा कुलीसरा रानामगर र कोषाध्यक्षमा विष्णुकुमारी रानामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा कविता आलेमगर, मेहनसरी रानामगर, मीनकुमारी रानामगर, उर्मिला थापामगर, चित्रमाया रानामगर, निमु सिंजालीमगर, रेनु रानामगर, दिलमाया थापामगर, चोककुमारी रखालीमगर, गीता आलेमगर, बालकुमारी थापामगर (रीता), ज्ञानुमाया थापामगर, छिताकुमारी तरामुमगर र सीता थापामगर रहनुभएको छ ।


अधिवेशनबाट दिलीप रानामगरको अध्यक्षतामा १३ सदस्यीय नेपाल मगर युवा संघ, दीप बगर इकाई समिति समेत चयन भएको छ । जसको उपाध्यक्षमा विमला थापामगर, सचिवमा मितु रानामगर र कोषाध्यक्षमा स्मृति रानामगर रहनुभएको छ। त्यसैगरी, सदस्यहरूमा इन्द्रबहादुर रानामगर, अमग्य रानामगर, होमबहादुर रानामगर, जीवन रानामगर, प्रतीक रानामगर, जीवन थापामगर, विष्णु फगामीमगर, सुमन आलेमगर र प्रवीण रानामगर रहनुभएको छ ।


त्यस्तै, नेपाल मगर सांस्कृतिक संघ, दीप बगर इकाई समितिको अध्यक्षमा लक्ष्मी गर्बुजामगर चयन हुनुभएको छ । जसको उपाध्यक्षमा कञ्चन रानामगर, सचिवमा ऋतिक शेर्पुजामगर र कोषाध्यक्षमा भुवनसिंह रानामगर रहनुभएको छ । त्यसैगरी, सदस्यहरूमा अमिसा थापामगर, कञ्चन रानामगर र सुदीप पुनमगर रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ, कास्कीका उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगरले मगर जातिको भाषा, संस्कृति र भेषभूषाको संरक्षणका लागि सम्पूर्ण मगरहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ, कास्कीका सचिव लालबहादुर रानामगरले मगर जाति हरेक क्षेत्रमा अघि बढ्नुपर्ने बताउँदै अघि बढ्नका लागि शिक्षा अत्यन्त आवश्यक कुरा भएको उल्लेख गर्नुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीसमगरलगायतले मगर जातिको हक, अधिकारका लागि सचेत र संगठित भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
नेपाल मगर संघ, दीप बगर इकाई समितिका अध्यक्ष बालचन रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेकबहादुर थापामगर, सचिव ज्ञानीसरा रानामगर, सहसचिव चित्रबहादुर रानामगरलगायतले बोल्नुभएको थियो । कार्यक्रममा कौरा, सोरठीलगायतका विभिन्न सांस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।

 

Advertisment