अमेरिका मगर संघको आयोजनामा मगरहरूले माघे सक्रान्ति पर्व मनाए !

न्यूयोर्क,जनवरी,२८

मगरहरुको राष्ट्रिय पर्व “माघे सक्रान्ति पर्व २०२४” को अबसरमा केन्द्रिय मगर संघ अमेरिका मातहतका मगर संघ च्याप्टरहरूको आयोजनामा अमेरिकाको ७ वटा राज्यहरूमा सांस्कृतिक कार्यक्रम गरेर भब्य रुपमा मनाएको छ।

“जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो मातृभुमिलाई, जोगाई राखौ, युगौ युग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने मुल मोटो नारा सहित यो बर्षपनि मगर समुदायको राष्ट्रिय पर्व माघे संक्रान्ति कार्यक्रमको अवसरमा अमेरिकाको ७ वटा राज्य अन्तर्गत मगर संघ न्युयोर्क च्याप्टर,कोलोराडो च्याप्टर, टेक्सास च्याप्टर, न्युजर्शी च्याप्टर, कोलोराडो च्याप्टर,(डि.एम.भी.)बाल्टिमोर च्याप्टर र ईलिनोईस च्याप्टर र बोस्टन च्याप्टरहरूले चर्चित कलाकारहरुको साथमा मगर मौलिक कला र संस्कृतिको प्रस्तुति सहित भब्य रुपमा सांस्कृतिक कार्यक्रम गरेर माघे सक्रान्ति मनाएको हो ।

 

Advertisment