‘लकडाउन’ आगामी वैशाख ३ गतेसम्म लम्बियो

काठमाडौं, २४ चैत्र
सरकारले आगामी नयाँ वर्षको वैशाख ३ गतेसम्मका लागि ‘लकडाउन’ अर्थात् ‘बन्दाबन्दी’ लम्ब्याएको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि ८ दिन अर्थात् बैशाख ३ सम्मका लागि गर्ने निर्णय गरेको हो । बैशाख ११ देखि जारी ‘लकडाउन’ बैशाख ३ सम्मका लागि लम्ब्याइएको हो ।
सरकारले दोस्रो पटक ‘लकडाउन’को अवधि थपेको हो । कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।
त्यसपछि सरकारले चैत्र २५ गतेसम्मका लागि फेरि थपेको थियो । तर, यही समयमा कोरोना संक्रमित स्थानीयस्तरमै भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवतजावत गर्न नदिने निर्णय गरेको छ । यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले पनि लकडाउनको समय थप्न सिफारिस गरेको थियो ।

Advertisment