निमिषा फर्निचरमा मित्रता सहकारीका सदस्यलाई २० प्रतिशत छुट

पोखरा ।
पोखरा १२ कुंडहरमा रहेको निमिषा फर्निचर उद्योगमा श्री मित्रता बहुद्देश्यीय सहकारीमा आवद्ध सदस्यहरुलाई छुट दिइने भएको छ । सहकारी र फर्निचर विच एक अर्कासंग सहकार्य गर्ने गरी सहकारीका सदस्यहरुलाई फर्निचर, डेकुुरेशन तथा मेटल सम्बन्धि काममा २० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।उक्त सम्झौता पत्रमा मित्रता सहकारीका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठ र निमिषा फर्निचर उद्योगका संचालक कृष्ण केसीले हस्ताक्षर गरेका छन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै फर्निचरका संचालक कृष्ण केसीले सहकारी र फर्निचर बीच सहकार्य गर्ने उद्देश्यले आफुहरुले सहकारी संग सम्झौता गरेको वताए । उक्त सहकार्यले आफ्नो ब्यवशायको प्रवद्र्धन हुने केसीको भनाइ रहेको थियो ।

त्यस्तै सहकारीका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवाहरुले स्थापना गरेको श्री मित्रता सहकारीले युवा ब्यवशायीहरु संग सहकार्य गर्दै आइरहेको र जसअनुरुप निमिषा फर्निचर संग समेत आफ्ना सदस्यहरुलाई विषेश छुट प्रदान गर्ने उद्देश्य अनुरुप सहकार्य गरेको वताए ।आगामी दिनमा पनि सहकारीले युवा ब्यवशायीहरु संग सहकार्य गर्दै अगाडि वढ्ने श्रेष्ठको भनाइ छ ।

Advertisment