उद्योग व्यवसाय महासंघ, गण्डकीद्वारा खोप उपलब्ध गराउन माग

पोखरा, १३ साउन
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ, गण्डकी प्रदेशले उद्योगी, व्यवसायीका लागि खोप उपलब्ध गराउन माग गर्दै गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघले ज्ञापनपत्रमार्फत् कोरोना भाइरस महामारीबाट उद्योग, व्यवसाय क्षेत्र नराम्ररी प्रभावित बनेको अवस्थामा देशको ढुकुटीमा महत्वपूर्ण योगदान दिने उद्योगी, व्यवसायी पनि अग्रपंक्तिमा रहेर काम गरिरहेको उल्लेख गर्दै खोप उपलब्ध गराउन माग गरेको हो । महासंघ, गण्डकी प्रदेशका सह–संयोजक प्रवेशचन्द्र उप्रेतीको नेतृत्वको महासंघको टोलीले मन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।

Advertisment