मगर संघ अमेरिकाद्वारा डा. मिन श्रीससँग भेटघाट तथा अन्तर्किया !

न्यूयोर्क, अप्रिल/२३/२०२४

मगर संघ अमेरिका,न्यूयोर्क च्याप्टरले नेपाल सरकार आदिवासी जनजाति आयोगका सदस्य तथा नेपाल मगर संघका सल्लाहकार डा. मिन श्रीस मगरलाई अमेरिकाको न्यूयोर्कमा स्वागत र सम्मान गर्दै भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा यु.एनले गरेको २३ अौ  महासभा आदिवासी मुद्दाहरूबारे( Session of UN- PFII ) २०२३ को सहभागिता जनाउन आउनु भएका श्रीस सोही अवसरमा मगर संघ अमेरिकाले गरेको अन्तरक्रिया कार्यक्रममा पनी सहभागिता जनाउनुभयो ।

सोही कार्यक्रममा प्रवासमा रहेर पनि नेपाली मगरहरूलाई आफ्नो कला र संस्कृति जोगाउने बारे प्रकाश पार्दै भविश्यमा सन्नततिहरूको सुनिश्चत हुने कुरा बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगर, सल्लाहकार विष्णु राना मगर, लगाएत संस्थाका पदाधिकारीहरूले कार्यक्रममा स्वागत गर्दै मायाको चिनो तथा खादा लगाएर श्रीस मगरलाई सम्मान गर्नुभएको थियो ।

नेपालबाट अमेरिका भ्रमणमा आउने जनजाति समुदायका तथा मगर विशिष्ट ब्यक्तित्वहरूलाई मगर संघ अमेरिकाले स्वागत,सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आईरहेको छ भने यो पाँचौ कार्यक्रम हो।

Advertisment