अमेरिकामा पनि बाग्लुङ चैते दशै मेला सम्पन्न !

न्यूयोर्क, १४, अप्रिल

र्ष दिनको मेला चैते दशैमा, घुम्न जाउला कान्छी बाग्लुङ बजार, मौलिक चर्चित जस्ता थुप्रै लोक संगीतको भाखामा गीतहरू बाग्लुङमा लाग्ने चैते दशैं मेलालाई लक्षित गरेर बनाईएका छन्

बाग्लुङमा लाग्ने चैते दशैको झल्को दिने गरि अमेरिकामा पनि बाग्लुङ सेवा समाज अमेरिका बलेवा समाज अमेरिकाको संयुक्त आयोजनामा चैते दशै मेला सम्पन्न भएको

न्युयोर्कको कोरोना मेडो पार्कमा १४ अप्रिल, आईतबारको दिन चैते दशैँ मेला तथा नयाँ वर्ष वि. . २०८१ को अवसरमा विविध साँस्कृतिक कार्यक्रम एवम्  खेलकुदको आयोजना गरि कार्यक्रम भव्य रुपमा सुसम्पन्न गरेको

चैत शुक्ल पक्षमा मनाइने चैते दशैं पर्वको मेला लाग्ने चलन सय वर्ष पुरानो ईतिहासकाल देखि चलि आएको चलन रहेको

बाग्लुङ गाउका रैथानेहरू झाँकी आफ्नो संस्कृति सहित लोकगित, सालैजो लिएर खाजा मकै खान्की बेपार लिएर मेला भर्न बागलुङ बजार आउने परापूर्वको प्रचलन रहेको साथै चर्चित कालिका मन्दिरमा पूजा गर्न देसै भरबाट घुंईचो लाग्ने गर्दछ आफ्नो पुर्खाको सोही रिति,तिथीलाई जोगाई राख्न यस्तो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सकस जिसीले बताउनु भयो

बाग्लुङ सेवा समाज अमेरिका बलेवा समाज अमेरिकाले सञ्चालन गरेको उक्त चैते दशैँ मेला तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बाग्लुङ्ग जन्मथलो भइ अमेरिकामा बसोबास गरिरहेका बाग्लुङ्गे लगायत गण्डकी प्रदेश जिल्लाका सहित अन्य प्रदेश जिल्लाका ब्यक्तिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो पञ्चेबाजाको धुनको प्रस्तुति सहित सांस्कृतिक नृत्य राष्ट्रिय स्तरका चर्चित गाएक गायीकाहरूले कार्यक्रममा गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए

Advertisment