केन्पो खुकुरी मार्शल आर्टको एक हप्ते प्रशिक्षक प्रशिक्षण बुटवलमा सुरु

बुटवल, १ भदौ
नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघको आयोजनामा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा एक हप्ते केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।
सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षकलाई मंगलबारबाट प्रशिक्षण सुरु भएको थियो । केन्पोका प्रशिक्षक रमेश नराल, राजकुमार पाण्डेले १ हप्ताको प्रशिक्षणमा ब्यवहारिक प्रशिक्षण दिनुहुनेछ । बिहान र दिउँसो गरि दुई समयमा राखिएको प्रशिक्षक राजकुमार पाण्डेले बताउनुभयो । बिहान ६ बजेबाट शुरु भएर दिउँसो प्राक्टिकल गरिने उहाँले बताउनुभयो ।
यसअघि, प्रशिक्षणको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बुटवलमा यस खेलको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रशिक्षणमा फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराइने संघका अध्यक्ष पूर्ण पाण्डेले जानकारी दिनुभयो ।
योसँगै काठमाडौं असोज ८ र ९ गते हुने प्रतियोगिताको बारेमा समेत जानकारि गराइयो । फाइट र काता प्रदशन गरि दुई विधामा खेल आयोजना हुन्छ । जसमा प्रथम हुने प्रदेश १ लाख नगदसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। दोस्रो २५ हजार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो । फाईट सिगलतर्फ उमेर समुहमा खेलाईने तथा काता ब्यक्तिगत र समुहगत गरि खेलाईने उहाँले बताउनुभयो । नेपाल भित्राए पछि पहिलोपटक प्रतियोगिता हुन लागेको अध्यक्ष पाण्डेले बताउनुभयो । १८ देखि २० उमेर समुह ५३ देखि ५६ किलोग्राम तौल समुहको सहभागिता रहने उनले बताए। सरकारबाट खेलाडीहरुको हकहितमा सहयोग नमिलेको भन्दै खेलाडी कल्याणकारी कोष बनाएर अगाडि बढ्न लागेको उहाँले बताउनुभयो । प्रतियोगितामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उहाँले बताउनुभयो । प्रदेशले जिल्लाबाट छनौट गरेर पठाउने र यो एउटा महत्वपुर्ण प्रतियोगिता गराउने पाण्डेले बताउनुभयो । खेलमा नाम नै खुकुरी राखेर एउटा पहिचान नेपालीको पहिचान गराउने गरि अगाडि बढेको उहाँले बताउनुभयो । विश्वका ७२ वटा देशमा शाखा रहेको छ।
लुम्बिनी प्रदेश इञ्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताउनुभयो । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विष्णु ढकाल, जिल्ला अध्यक्ष कृष्ण थापा, केन्द्रीय सदस्य भरत गोदारले आत्मरक्षा हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेललाई राष्ट्रिय पहिचान दिन गरि अघि बढाउनुपर्ने बताउनुभयो ।

Advertisment