नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ पोखरा महानगर अध्यक्षमा भण्डारी

पोखरा, २४ भदौ
नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ, पोखरा महानगरपालिकाको अध्यक्षमा कपिलबाबु भण्डारी चयन हुनुभएको छ ।
संघको पोखरा महानगर भेलाबाट समितिको उपाध्यक्षमा ध्रुव थापा र निर्मल पौडेल, सचिव रेगन जिसी, कोषाध्यक्ष सन्तोष सुर्खेली तथा सदस्यहरूमा क्रमशः किशोर सुनार, अमृत लामिछाने, रमेश थापा र सञ्जीव न्यौपाने साथै बाँकी दुई जना महिला सदस्यपछि मनोनित हुने छन् ।
भेलाको उद्घाटन संघका गण्डकी प्रदेश अध्यक्ष विष्णु पुनले ब्यानर पढेर गर्नुभएको थियो । अध्यक्ष पुनले नेपाललाई केन्पो खुकुरी मार्सल आर्ट्स खेलको माध्यमबाट विश्व बिजेता बनाउने अभियानका साथ अगाडि बढिरहेको कुरा बताउनुभयो । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ पोखराको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुनले नेपाललाई आगामी ओलम्पिक सम्म सहभागी गराउने उद्देश्य साथ आगामी असोज ८ र ९ मा नेसनल च्यापियनसीप आयोजना गर्न लागिएको र सधंै खेलाडी र खेल जगतलाई माथि उठाउन जस्तोसुकै भूमिका खेल्न तयार रहेको बताउनुभयो ।
एउटा हस्पिटल बनाउन भन्दा खेल मैदान बनायर दक्ष खेलाडी, निरोगी नागरिक उत्पादनमा राज्यले जोड दिन पर्ने बताए कार्यक्रममा नेपाल केन्पो मार्शल आर्ट्स संघ कास्की जिल्ला का अध्यक्ष राजन सुवेदीले सबै खेल संघहरुलाई अब केन्पोका साथिहरुले नेतृत्व गरि खेल का माध्यम बाट छुटेका टुटेका मन हरुलाई एउटै सूत्रमा बाँध्नु पर्ने बताउनुभयो । नव निर्वाचित टिमलाई बधाई दिदै सुवेदीले यो टिमलाई सफल बनाउन ब्यक्तिगत रुपमा र संस्थागत रुपामा कास्की जिल्ला कमिटीले संघर्षको अग्र भागमा रहेर समस्या संग जुद्ने प्रतिबद्धता ब्यक्त गर्दै अर्को फरक प्रशंगमा सुवेदीले काम कम गरियला तर खेल जगतले सम्झिरहने काम गर्ने बताए ।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन पोखरा विश्वविद्यालयका सभापति सुनिल क्षेत्रीले शुभकामना मन्तब्य राख्दै केन्पो खुकुरीको प्रशंसा गर्नुभएको थियो । कायक्रममा खेलकुद महासंघ पोखरा महानगर कमिटीका सचिव सुविन तिमिल्सिनाले पनि शुभकामना राख्नुभएको थियो भने कार्यक्रम केन्पो कास्की जिल्ला कमिटीका उपाध्यक्ष मोहन भट्टराईले सञ्चालन गर्नुभएको थियो र कार्यक्रम केन्पो जिल्ला सचिव प्रदीप कँडेलले स्वागत मन्तब्य राख्नुभएको थियो ।

Advertisment