लाफा ग्रुप लिमिटेडको चौथो वार्षिक साधारणसभा पुस ३ गते हुने

काठमाडौं, १५ मंसिर
लाफा ग्रुप लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आगामी पुस ३ गते काठमाडौंमा हुने भएको छ ।
स्वदेश तथा विदेशका नेपालीहरूको सामूहिक लगानीमा स्थापित सो कम्पनीको अधिवेशनले नयाँ सञ्चालक समिति चयन गर्नेछ । त्यसैगरी, साधारणसभाले कम्पनीको जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र संशोधन गर्ने समेत कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो ।
काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा हुने साधारणसभामा उपस्थित हुनका लागि कम्पनीका सम्पूर्ण शेयर धनीलाई जानकारी गराइसकिएको समेत उहाँले बताउनुभयो ।

Advertisment