पोखरा २० मा एमाले टोल कमिटि गठन संगै उमेदवार परिचय

पोखरा ९ वैशाख ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नम्बर २० मा नेकपा एमालेको टोल कमिटि गठन तथा उमेदवार परिचयात्यमक कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले वडा नम्बर २० को आयोजनामा वडा भित्र रहेका विभिन्न १० वटा टोलहरुमा वडा कमिटि गठन गरी स्थानिय तहको निर्वाचनमा उमेदवार बनेकाहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको नेकपा एमाले वडा नम्बर २० का सचिव तथा चुनाव प्रचार प्रसार संयोजक प्रकाश गुरुङले जानकारी दिए ।


गुरुङका अनुसार साविकको भलाम र मौजा गा.वि.स. गरी विभिन्न १० वटा टोल कमिटि गठन गरिएको छ । जस अन्तर्गत साविकको भलाम १ र २ टोल कमिटिमा रमण बस्नेत, साविकको भलाम बेसी वडा कमिटिमा इन्द्र पोख्रल, भलाम घारी टोल कमिटिमा मन बहादुर क्षेत्री, भलाम पिपलडाली टोल कमिटिमा मुक्तिनाथ अधिकारी, भलाम खोर टोल कमिटिमा केशव सुवेदी, भलाम डाडागाउ टोल कमिटिमा धनकाजि गुरुङ, मौजा लामडाडा टोल कमिटिमा भीम बहादुर गुरुङ, मोहोरिया टोल कमिटिमा हरि प्रसाद गुरुङ, बिसाउना, युन्दुपाखा, बिजयपुर टोल कमिटिमा नवराज बास्तोला र आंटिघर, कुरागांउ टोल कमिटिमा सरोज गुरुङ (मिकी) लाई संयोजकमा चयन गरिएको छ । हरेक टोल कमिटिमा २१ देखी ३५ सदस्य रहेको चुनाव प्रचार प्रसार संयोजक प्रकाश गुरुङले जानकारी दिए ।

नेकपा एमालेको टोल कमिटि गठन संगै नेकपा एमालेको चुनाव प्रचार प्रसारलाई समेत तीब्र पारिने गुरुङले वताएका छन । स्थानिय हतको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर २० बाट नेकपा एमालेको तर्फबाट अध्यक्षमा गंगा बहादुर केसी, सदस्यहरुमा गञ्जमान गुरुङ, उत्तम गुरुङ, महिला सदस्यमा मीना पौडेल र दलित महिला सदस्यमा रुपा नेपाली चुनावी मैदानमा रहेका छन ।

Advertisment