चर्चित गायिका रेनुु रिलामीले ल्याइन् ‘मेरी आमा’

पोखरा, १४ असार
चर्चित लोक तथा दोहोरी गायिका रेनु रिलामी मगरले नयाँ सांगीतिक कोसेली लिएर आएकी छिन् । गायिका रेनुले “मेरी आमा” बोलको नयाँ लोकगीत बजारमा ल्याएकी हुन् ।
उनले रमाइलो रिसिङ घिरिङ नामक युट्युुब च्यानलमार्फत् सो गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । यस गीतमा रेनुको शब्द र रोशन गुरुङको लय रहेको छ । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ खडक बाजुराली र एरेञ्ज सागर विरहीले गरेका हुन् ।
गोविन्द पुन मगरको निर्देशन रहेको म्यूजिक भिडियोमा सन्तोष पिठाकोटे मगरको छायांकन र दानबहादुर श्रीस मगरको सम्पादन रहेको छ । टाइगर्स फिल्मस् प्रालिले दृश्य निर्माण गरेको हो भने रङ संयोजन माधव गुरुङ र आशीष गुरुङको श्रृंगार रहेको छ । यस गीतको म्यूजिक भिडियोमा प्राविधिकको भूमिकामा भूमिराज बलामी मगर रहेका छन् ।
म्यूजिक भिडियोमा सरिता सारू मगर, रेश, सिद्ध लगायतका कलाकारको अभिनय रहेको छ । गायिका रेनुले विगतमा जस्तै यस गीतलाई पनि दर्शक, स्रोताले माया गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

Advertisment