मगर सांस्कृतिक संघको अध्यक्षमा दीपसागर थापामगर सर्वसम्मत

काठमाडौं, १६ असार
नेपाल मगर सांस्कृतिक संघको काठमाडौंमा यही असार १५ गते सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा चर्चित लोक तथा दोहोरी गायक दीपसागर थापामगर सर्वसम्मत निर्वाचित भएका छन् ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष अमला थापामगर, बिलन थापामगर, उपाध्यक्ष कुमार रानामगर, महिला उपाध्यक्ष तारा श्रीसमगर, बाह्र मगरात सांस्कृतिक उपाध्यक्ष पवन रानामगर, अठार मगरात सांस्कृतिक उपाध्यक्ष नन्द घर्तीमगर, काइके सांस्कृतिक उपाध्यक्ष गंगा पुनमगर, महासचिव डोलराज बाह्रघरेमगर, उपमहासचिव निर आलेमगर, सचिव प्रसाद खप्तरीमगर, पदम थापामगर, कोषाध्यक्ष जुना श्रीसमगर, सह–कोषाध्यक्ष सञ्जु थापामगर सर्वसम्मत निर्वाचिन भएका छन् ।
त्यसैगरी, केन्द्रीय सदस्यहरूमा शैलेश राना मगर, राजकुमार समाल मगर, भूपेन्द्र रिखाम मगर, मोहन कुमार मगर, पद्मा थापा मगर, शिवराम मगर, शर्मिला राना मगर, रमेशबाबु थापा मगर, सुरज थापा मगर, सुमन थापा मगर, दिपु मगर, प्रेम विवश घर्ती मगर, देवी थापा मगर, राजकुमार मगर, आशा पुन मगर, लीला कँवर मगर, दिलीप थापा मगर, वीरता पुन मगर, देवीराम राना मगर, जानुका आले मगर, खेम राना मगर र सुनिल थापा मगर सर्वसम्मत निर्वाचित भएका छन् । यसअघि, महाधिवेशनको उद्घाटन नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गर्नुभएको थियो ।

Advertisment