रवि कार्की र दिलु श्रीस मगरको “हाँस्ने बोल्ने”

पोखरा, ५ साउन
लोक तथा दोहोरी गायक रवि कार्की र गायिका दिलु श्रीस मगरको नयाँ लोक सांगीतिक कोसेली सार्वजनिक भएको छ ।
गायक रवि र गायिका दिलुुले नयाँ लोक गीत “हाँस्ने बोल्ने” ल्याएका छन् । प्रवीण खत्री (ठूले)को शब्द र गायक रविको आफ्नै लय रहेको यस गीतको म्यूजिक भिडियो गायक रवि कार्कीको युट्युुब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । यस गीतमा हेमन्त कान्छा रसाइलीले संगीत संयोजन गरेका छन् ।
वान डीबी एचडी र डिजिटल स्टार पोखरामा रेकर्ड गरिएको गीतको मिक्सिङ एचबीएन किस्मतले गरेका हुन् । त्यस्तै, कुुमार केसीको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन शिवशरण न्यौपाने, सम्पादन अमृत चापागाईंले गरेका छन् । म्यूजिक भिडियोका निर्माता खुमन थापा रहेका छन् । यस गीत सार्वजनिक भएको एक हप्तामा तुलनात्मक रुपमा राम्रै भ्यूज पाएको छ ।

Advertisment