मगर चलचित्रकर्मीको श्रृंगार तथा भाषणकला तालिम सम्पन्न

पोखरा, १४ साउन
मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको आयोजनामा एक दिने श्रृंगार तथा भाषणकला तालिम सम्पन्न भएको छ ।
शनिबार सम्पन्न तालिममा ५० जना प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले भाषणकला तथा प्रशिक्षक तृष्टा थापामगरले श्रृंगारसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
सो तालिमको समापन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले हरेक क्षेत्रमा उद्घोषण र भाषणको महत्व बढ्दै गएको बताउनुभयो । चलचित्र क्षेत्रमा श्रृंगारको अत्यन्त महत्व रहेको बताउँदै उहाँले श्रृंगारसँगै बोल्ने कला पनि चलचित्रकर्मीमा हुनु जरुरी रहेको बताउनुभयो ।
समापन कार्यक्रममा मगर चलचित्रकर्मी संघ नेपालका महासचिव सुमन थापामगर, आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष सन्तोष पिठाकोटेमगर, लोकनृत्य कलाकार संघ नेपाल, कास्कीका अध्यक्ष केशबहादुर गुरुङ, नेपाल मगर सांस्कृतिक संघ, कास्कीका अध्यक्ष सरिता सारूमगर, गुरुङ चलचित्रका अभिनेता ताराबहादुर गुरुङ, नेपाल मगर संघ, कास्कीका भाषा तथा प्रशिक्षण विभाग प्रमुख शिव थापामगर, नेपाल मगर पत्रकार संघ, कास्कीका सहसचिव सुरज थापामगर, मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका संस्थापक उपाध्यक्ष गोविन्द थापामगर, कर्णप्रिय संगीतालयका प्रबन्ध निर्देशक, गायक एवं संगीत प्रशिक्षक करण तामाङ, प्रशिक्षकद्वय रूद्रबहादुर श्रीसमगर र तृष्टा थापामगर, बुटिक एशोसिएसन नेपाल, पोखराकी अध्यक्ष शान्ति श्रीसमगर, प्रशिक्षार्थी रमेश मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बाजिन्द्र बुढामगरले पनि बोल्नुभएको थियो ।

Advertisment