चस्मा अर्थात् सनग्लास किन्दा के कुरामा ध्यान दिने ?

राम्रो चस्मा कस्तो हुन्छ ? जसमा ब्रान्ड, ग्लासको क्वालिटी, फ्रेमको क्वालिटी राम्रो हुन्छ तर, राम्रो नाम चलेको ब्रान्ड भनेर किन्नुभयोभने तपाईं झुक्किन पनि सक्नुहुन्छ ब्रान्डको नाम हुँदैमा चस्मा राम्रो नै हुन्छ भन्ने हुँदैन  

विभिन्न इन्टरनेसनल ब्रान्डका चस्मा नेपालमा बिक्री गरिन्छन् तरसाधारण चस्मामा इन्टरनेसनल ब्रान्डको जस्तै फिचर देखाएर पनिबेच्ने गरेको पाइन्छ अर्थात्कपीगरिएका ब्रान्डहरू बजारमा छ्याप्छ्याप्ती छन्  

चस्मा किन्दा ठूलो ब्रान्डको सस्तोमा पाइयो भनेर किन्नचाहिँ हुँदैन किन्दा ब्रान्डलाई कम प्राथमिकतामा राख्नुपर्छ । बजारमा रेबन, गुची, बरबेरीजस्ता चलेका ब्रान्ड पाइन्छन्  

आँखाको सुरक्षामा ध्यानदिनुपर्ने कुरा

हामीले सनग्लास घाममा हिँड्दा लगाउँछौँ त्यसैले लेन्सको विशेषता हेर्दा कति यूभी (अल्ट्रा भोइलेट) प्रोटेक्सन दिन्छ भन्ने हेर्नआवश्यक अर्थात् धेरै यूभी प्रोटेक्सन दिने लेन्स राम्रो हुन्छ आँखाको सुरक्षाका लागि लेन्समा ४०० यूभी प्रोटेक्सन हुनैपर्छ

चस्मामा प्रायः दुई किसिमको लेन्स पाइन्छ सिसा प्लास्टिकको लेन्स चस्मामा हुन्छ प्लास्टिकको लेन्सलाई फाइबर लेन्स पनिभनिन्छ

सिसाको लेन्समा प्रायः ४०० यूभी प्रोटेक्सन पाइन्छ अर्थात् घामबाट आउने हानिकारक किरणलाई सिसाको लेन्सले धेरै रोक्न सक्छ त्यस्तै, प्लास्टिकको लेन्समा भने प्रायः ३०० यूभी प्रोटेक्सन हुन्छ  

सिसाको लेन्समा स्पष्ट भिजन देख्न सकिन्छ यस्तो लेन्समा दाग बस्ने वा स्क्य्राच आउने समस्या कमै हुन्छ , सिसाको लेन्स ज्यादास्टाइलिस पनि देखिन्छ तर, सिसाका लेन्सहरू अरु लेन्सको तुलनामा भारी हुन्छ त्यस कारण दिनभरि लगाउन नसकिने बारबारझरिरहने हुन सक्छ  

सिसाको लेन्समा सजिलै स्क्य्राच नभए पनि सजिलै फुट्न सक्ने भने हुन्छ त्यस्तै, यो लेन्समा तपाईंले अन्य रङ थप्न चाहनुभएमा नमिल्नसक्छ  

त्यस्तै, प्लास्टिकका लेन्स हलुका खालका हुन्छन् दिनभरि लगाउन पनि असजिलो हुँदैन प्लास्टिकको लेन्सको खास विशेषता नै यहीहो सिसाको तुलनामा प्लास्टिकको लेन्समा स्क्य्राच हुने सम्भावना धेरै हुन्छ तर, यस्तो लेन्स सजिलै फुट्दैन प्लास्टिकको लेन्समाधेरै प्रकारका फ्रेम राख्न सकिन्छ  यसमा सिसाको लेन्समा जस्तो अरु रङ हाल्न नमिल्ने हुँदैन  

Image_1.jpeg

चस्माको फ्रेममा ध्यान दिनुपर्ने कुरा – 

बजारमा सबैभन्दा धेरै प्लास्टिककै फ्रेम पाइन्छ प्रायः फ्रेममा प्लास्टिक नै प्रयोग गरिएको हुन्छ कुनै फ्रेम मेटलको पनि हुन्छ प्लास्टिकको मेटलको तुलनामा मेटल फ्रेमको मूल्य केही बढी हुन्छ  

चस्माको फ्रेममा ध्यान दिनुपर्ने भनेकोफ्लेक्जिबिलिटीहो अर्थात् धेरै तन्काउन मिल्ने चस्मा धेरै टिकाउ हुन्छ त्यसखाले चस्माकाफ्रेमटीआर९०ले बनाइन्छ टीआर९० भनेको पनि एक किसिमको प्लास्टिक नै हो  

एसिडेटनामको फ्रेम पनि बजारमा पाइन्छ यो फ्रेमबायोडिग्रेडेबल’ (सजिलै कुहिन सक्ने) हुन्छ यस्तो खाले लेन्स सबैभन्दा राम्रो क्वालिटीको हुन्छ  

Image_2.jpeg

सन ग्लासमा कसरी पावर राख्ने

पावर भएको चस्मा प्रयोग गर्ने व्यक्तिले सनग्लास कसरी प्रयोग गर्न सक्छ ? योबारे धेरैलाई जानकारी हुँदैन त्यस कारण कतिपयलेदुईवटा चस्मा प्रयोग गर्ने गरेका पनि छन् तर, सन ग्लासमा नै पावर राख्न सकिन्छ  

पावर भएको सनग्लास लगाउन साधारण खाले पावर भएको लेन्समा कलर गर्नुपर्ने हुन्छ आफूलाई चाहिने वा मन परेकोशेडलेन्समाहाल्नुपर्ने हुन्छ , त्यसैलाई फ्रेमको आकारअनुसार काटिन्छ यो काम चस्मा पसलहरूमा सजिलै गरिन्छ

Advertisment