मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको तेस्रो बार्षिक साधारण सभा सम्पन्न !

वीर घर्ती मगर

नोभेम्वर २० / २०२२

मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको कार्यक्रमको सुरूवात केन्द्रिय मगर संघ अमेरिकाका प्रमुख अतिथि कुल बहादुर राना मगरले दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गर्नुभएको थियो सभाको उद्घाटन गर्दै राना मगरले आगामी कार्यक्रम माघेसंक्रान्ति कार्यक्रमको तयारीको बारेमा बताउदै बदलिदो परिस्थितिसँगै मगर समाजको आर्थिक पक्षलाई सबल बनाउन सबैको साथ सहयोगलेनै सफल भईने बताउनुभयो

कार्यक्रमको सभापति तथा कार्यवाहक अध्यक्ष थम बहादुर रोका मगरलेमगर समाज उत्थानको लागि समुदाय विभाजित भएर होइन एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो

साधारण सभाले सचिव अमृत रोका मगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विकास घर्ति मगरद्वारा प्रस्तुत खर्च आम्दानी विबरण कार्य समिति सल्लाहकार तथा केन्द्रका प्रतिनिधिको सर्वसम्मतिले पारित गरेको सो अवसरमा अमेरिका भ्रमणमा आउनुभएका मगर संघ जापानका केन्द्रिय सचिव वीर बहादुर रोका मगरलाई स्वागत गर्दै खादा ओढाएर सम्मान गरिएको थियो भने आजीवन सदस्यहरूलाई आजीवन सदस्यको प्रमाणपत्र वितरण गरिएको थियो

मगर आपतकालीन कोषको लागि पहिलो चरणमा पचास हजार डलर पुर्याउने लक्ष्य अनुसार भर्चुअल देउसी भैलो कार्यक्रमबाट($२३२६९)तेईस हजार दुईसय उन्नसत्तरी डलर जम्मा भईसकेको प्रगति विवरणको जानकारीमगर आपतकालीन कोषकमिटीका सदस्य तथा पूर्व च्याप्टर अध्यक्ष याम पुन मगरले बताउनुभयो यस किसिमको कोषबाट आपत बिपत्तिको बेला अमेरिकामा रहेका मगर समुदायहरूलाई राहत वितरण तथा सहयोग गरिनेछ

Advertisment