मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको “माघे संक्रान्ति २०२३ कार्यक्रम” तयारी पुरा !

न्यूयोर्क, जनवरी १३, २०२३

मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा मगर जातिको सांकृतिक चाँड माघे संक्रान्तिको अवसरमामाघे संक्रान्ति २०२३ कार्यक्रमको तयारी पूरा भएको

उडसाईड स्थित न्यूयोर्कको ५७१२ टिवेतियन कम्युनिटी सेन्टरमा बेलुका सात बजे देखी साढे एक बजेसम्म कार्यक्रम गर्न लागिएको हो

हरेक वर्षझैं यो वर्ष पनीमाघे संक्रान्ति सांस्कृतिक कार्यक्रम२०२३ गर्न लागीएको यस सांकृतिक कार्यक्रममा चर्चित कलाकारहरु जगदिस समाल मगर, संगीता थापा मगर सहित अन्य कलाकारहरुको पनी सांगीतिक प्रस्तुती साथै मगर जातिमा प्रचलित पहिल्यै देखीचलि आएको कौरा, सोरठी, घाटुँ झ्याउरे लागाएतका मौलिक नृत्य समेतको प्रस्तुती हुने सचिव अमृत रोका मगरले जानकारी गराउनुभयो

आफ्नो देश छोडेर विदेशमा भएपनी यस पवित्र संस्थामा रहेर निस्वार्थ भावनाले आफ्नो समुदायको मौलिक कला संस्कृतिलाई जोगाई राख्न तथा अमेरिकामा बसोवास गरिरहेका २१ औं शताब्दीका सम्पूर्ण मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई एकतामा बाँध्न मगर सभ्यतासँग जोडीनु पर्छ भन्ने मान्यता स्वरुप यस कार्यक्रमको आयोजना गरिएको कार्यवाहक अध्यक्ष थम बहादुर रोका मगरले बताउनुभयो यस कार्यक्रममा अध्यक्ष थापाका अनुसार सांस्कृतिक मनोरन्ञ्जनसँगै मौलिक मगर खानाका परिकारहरुको पनि स्वाद लिन पाईने बताउनुभयो

समितीका पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी विभागीय बाँडफाड सहित सांस्कृतिक कार्यक्रम सफल बनाउन स्वंयम् सेवक संयोजकमा सदस्य राजु घर्ति मगर, डोर टिकट ब्यवस्थापन संयोजकमा सदस्य निरोज पुलामी मगर सदस्य प्रेमा कुमारी घर्ति मगर, खाना तथा खाजा संयोजकमा सदस्य सुसाङ बुढा मगर, सांस्कृतिक विभाग संयोजकमा टेक मिलन पुन मगर सांस्कृतिक विभाग सहसंयोजकमा सुरेश पुन मगर, पाहुन सत्कार संयोजकमा सदस्य प्रितिमाया पुन मगर प्रचार प्रसार तथा फोटो भिडीयो संयोजकमा वीर घर्ती मगर सदस्य सुनिल घर्ति मगर रहेका छन

Advertisment