गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङको पदभार ग्रहण

पोखरा, १२ माघ
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले पदभार ग्रहण गर्नुभएको छ । यसअघि, विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सपथ ग्रहण गर्नुभएका मन्त्री गुरुङले मंगलबार साँझ आफ्नो कार्यकक्षमा गइ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीका रुपमा पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले इमान्दार भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । इमान्दार कर्मचारीका लागि आफू सधैं साथमा रहने भन्दै उहाँले गलत काम गर्नेविरुद्ध आफू निर्मम भएर प्रस्तुत हुने समेत बताउनुभयो । जनता र राष्ट्रलाई शिरमा राखेर काम गर्न निर्देशन दिँदै मन्त्री गुरुङले जनतालाई सहज सेवा प्रवाहको वातावरण बनाउन समेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

Advertisment