छोरेपाटनमा लखन बचत तथा ऋण सहकारीको वित्तीय साक्षरता तालिम

पोखरा, २ जेठ

लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाटको आयोजनामा पोखरा–१७, छोरेपाटनमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ ।
शनिबार सम्पन्न तालिममा सहकारीका शिक्षा उपसमिति संयोजक रूद्रबहादुर श्रीसले सहजीकरण गर्नुभएकौ थियो । तालिममा बोल्दै सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर रानालै सहकारीका सात सिद्धान्त, ऐन, कानून र विनियम अनुसार सहकारी सञ्चालन भए कुनै समस्या नआउने बताउनुभयो । विद्यमान आर्थिक मन्दीलै असर पारेको बेला सहकारी क्षेत्रमा देखिएको समस्याले थप चिन्तित बनाएको भन्दै अध्यक्ष रानाले सहकारीका सञ्चालक र शेयर सदस्य सबै सचेत र सतर्क हुनुपर्नै बताउनुभयौ ।


नेपाल मगर संघ, छोरेपाटन एकाइका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा भएको तालिममा सहकारीका सचिव डिलबहादुर श्रीसले आफ्ना शेयर सदस्यलाई वित्तीय रुपमा साक्षर बनाउन तालिमकौ आयोजना गरिएको बताउनुभयो । तालिममा सहकारीका सहसचिव गोविन्द सिंजाली, कोषाध्यक्ष झपटबहादुर रानाको पनि उपस्थिति रहेको थियो ।

Advertisment