अमेरिका मगर संघका ७ वटा राज्यका च्याप्टरहरूले माघे सक्रान्ति पर्व मनाउदै !

न्यूयोर्क,जनवरी,११

“जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो मातृभुमिलाई, जोगाई राखौ, युगौ युग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने मुल मोटो नारा सहित मगरहरुको राष्ट्रिय पर्व ” माघे सक्रान्ति पर्व २०२४” को अबसरमा केन्द्रिय मगर संघ अमेरिका मातहतका मगर संघ च्याप्टरहरूद्वारा ७ वटा राज्यहरूमा सांस्कृतिक कार्यक्रम गरेर भब्य रुपमा मनाउदैछ ।

अमेरिकाको ७ वटा राज्य अन्तर्गत मगर संघ न्युयोर्क र कोलोराडो च्याप्टरले जनवरी १३, २०२४ शनिवार को दिनमा माघे सक्रान्ति सांस्कृतिक कार्यक्रम गर्दैछ भने टेक्सास च्याप्टर, न्युजर्शी च्याप्टर, कोलोराडो च्याप्टर, (डि.एम.भी.)बाल्टिमोर च्याप्टर र ईलिनोईस च्याप्टरले जनवरी १४ आईतबार को दिन गर्दैछ भने बोस्टन च्याप्टरले जनवरी १६ मंलवारको दिन चर्चित कलाकारहरुको साथमा मगर मौलिक कला र संस्कृतिको प्रस्तुति सहित भब्य रुपमा सांस्कृतिक कार्यक्रम गरेर माघे सक्रान्ति मनाउन लागेको हो ।यो बर्षपनि मगर समुदायको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने महत्वपूर्ण उद्वेश्यले मगर संघ अमेरिका अन्तर्गत  च्याप्टरको आयोजनामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम ७ वटा च्याप्टरहरूले एकदम उत्साह पुर्बक अन्तिम तयारी गरेको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई आ-आफ्नो पायक पर्ने क्षेत्रमा च्याप्टर कार्य समितिलाई हौसला दिन  र सहभागिता जनाउन निर्देशन दिएको अमेरिका मगर संघका केन्द्रिय अध्यक्ष याम पुन मगरले लाफा खबरलाई बताउनुभयो ।

Advertisment