नेपाली अमेरिकन कलाकार संघ,अमेरिकाको अध्यक्षमा बसन्ती राई चयन !

न्यूयोर्क, फेब्रुवरी १०, २०२४
नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अधिवेशन फेब्रुवरी १०,२०२४ को दिन शनिवार सम्पन्न भएको छ ।

न्यूयोर्कमा भएको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा अधिवेशनले चर्चित नृत्यांगना बसन्ती  राईको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पदमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नेपाली अमेरिकन कलाकार संघको ५ अधिवेशन कार्यक्रमको उद्घाटन चर्चित आधुनिक गायक जगदिश समाल मगरले दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

संघको अधिवेशनले बसन्ती  राईको सहितको अध्यक्षतामा संघको १८ सदस्यीय नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा लोक तथा दोहोरी गायक बिमल डॅागी, उपाध्यक्षमा चर्चित नृत्य निर्देशक तथा नृत्यकार शंकर बिसी, अभिनेता, निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई, गितकार तथा लोक दोहोरी गायक मधुर गिरी मोडल ईत्ना कार्की सहित ५ जनालाई सर्वसम्मत चयन गरेको छ ।

साथै यस पटक पनि दोहोरिएर लोक तथा दोहोरी गायिका संगिता थापा मगरलेनै महासचिब पदमा जिम्मेवारी सम्हालेकी छन भने सहसचिबमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नबिन श्रेष्ठ, सह-कोषाध्यक्षमा कलाकार पुष्पा बस्नेत युवा संयोजकमा गायक दिलिप श्रीस मगर, मिडिया संयोजकमा कवि तथा गीतकार पुष्कर बराल सर्वसम्मत निर्वाचित भएका छन ।

त्यसैगरी बोर्ड सदस्यहरुमा गायक वीर घर्ति मगर, कलाकार माया मेलिसा राई, कलाकार चिनिलाल श्रेष्ठ, पार्कर खेलाडी तथा कलाकार दिनेश सुनार गायक तथा संगीतकार कुमार थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ।

कार्यक्रमको समापन निर्बाचन प्रमुख आयुक्त गीरिजा प्र. कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसियसन अफ अमेरिकाका उपाध्यक्ष केशबराम राई, साहित्यकार गिता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारले महाअधिवेशनको म्याण्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गरि गरिएको थियो भने पर्यवेक्षकहरु बिष्णु राना मगर, शोभाकान्त पाण्डे शंकर बिसुन्के सहित चर्चित कलाकार, गायककार, संगीतकार कवि तथा साहित्यकार र अन्य संस्थाका अतिथीहरूको सहभागिता रहेको थियो ।

Advertisment