मगर दिवसमा मगर संघ अमेरिका पेन्सिलभेनिया गठन, अध्यक्षमा राजेन्द्र बुढा !

फेब्रुअवरी २७, न्यूयोर्क ।

गर संघको ४२ अौ स्थापना दिवसको अवसर पारेर मगर संघ अमेरिका अन्तर्गत आठौ च्याप्टरको रूपमा मगर संघ अमेरिका पेन्सिलभेनिया गठन भएको छ ।

फेब्रुवरी २६, २०२४ मंगलबारको दिन पेन्सिलभेनिया राज्य अन्तर्गतका मगरहरूको ऐतिहासिक भेलाबाट प्रथम अधिवेशन गरी ११ सद्स्यिय कार्य समिति गठन भएको हो ।

पेन्सिलभेनिया राज्यमा भएको नयाँ मगर संघ गठन गर्न ऐतिहासिक प्रथम अधिवेशन गरी राजेन्द्र बुढा मगर सहितको अध्यक्षतामा संघको ११ सदस्यीय नयाँ कार्य समिति अन्तर्गत उपाध्यक्षमा दिनेश बुढा मगर , सचिवमा विजय बुढा मगर, सह सचिवमा गोविन्द बुढा मगर, कोषाध्यक्षमा कुल बहादुर बुढा मगर, सह-कोषाध्यक्षमा जुन कुमारी बुढा मगरलाई निर्वाचित गरिएको छ भने सदस्यहरुमा जहर बुढा मगर, दिनेश पुन मगर, लक्ष्मी बुढा घर्ती मगर, वीरनारायण पुन मगर र राम राना मगरलाई सर्वसम्मत चयन गरेको हो ।

प्रथम अधिवेशन गरी संघ गठन गर्न प्रतिनिधि तथा प्रर्यवेक्षकको रूपमा आउनु भएका प्रमुख अतिथि मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष याम पुन मगर , विशेष अतिथी निवर्तमान अध्यक्ष तथा सल्लाहकार कुलदिप राना मगर,अतिथिहरूमा केन्द्रीय मगर संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष दिप सागर बुढा मगर , उपाध्यक्ष जेनिशा घर्ती मगर, सचिब पुर्ण बहादुर पाइजा मगर , सल्लाहकार ईश्वर बुढा मगर तथा मगर संघ अमेरिका न्युयोर्क च्याप्टरका उपाध्यक्ष सुसाङ बुढा मगर र सचिब रत्न सिङ गर्बुजा मगरको उपस्थितीमा मगर संघ अमेरिका पेन्सिलभेनिया च्याप्टर गठन भएको हो।

अमेरिकमा रहेका सम्पूर्ण मगरवासी मगरहरूलाई अमेरिका मगर संघको एउटै छाताको रूपमा गोलबद्द गर्ने अभियानको क्रममा मगर संघ अमेरिकाले सन २०१६ देखि केन्द्रीय समिति र च्याप्टरको अवधारणा अघि सार्दै हाल सम्म न्युयोर्क, न्यूजर्सी, टेक्सास, डिएमभी ( डिशी , मेरिल्याण्ड र भर्जिनिया ) , कोलोराडो, इलिनोइ र म्यासाचुसेट्स गरि मगरहरुको बाक्लो उपस्थित रहेको ७ राज्यमा च्याप्टर गठन गरिसकेको छ र आठौं च्याप्टरको रुपमा मगर संघ अमेरिका पेन्सिलभेनिया च्याप्टर गठन भएको हो ।

Advertisment