घलेगाउँमा एक महिने ब्यूटिसियन तालिम सुरु

घलेगाउँ (लमजुङ), १५ फागुन
लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. ३, घलेगाउँमा एक महिने ब्यूटिसियन तालिम सुरु भएको छ ।
गाउँपालिकाको उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत मंगलबारदेखि घलेगाउँमा ब्यूटिसियन तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको उद्यमशीलता विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । यस तालिमले महिलाहरूका लागि आयआर्जनको बाटो खोलिदिने विश्वास लिएको बताउँदै उपाध्यक्ष गुरुङले सौन्दर्यकलासम्बन्धी ज्ञान हासिल गरेर भविष्यमा सौन्दर्य व्यवसायमार्फत् स्वरोजगार बन्न महिलाहरूलाई टेवा मिल्ने अपेक्षा गरेको बताउनुभयो । वडाध्यक्ष आशवीर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य गंगाबहादुर घले, दलित महिला वडा सदस्य पार्वती सुनार, गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपकराज पौडेलले बोल्नुभएको थियो । एक महिनासम्म सञ्चालन हुने तालिममा सौन्दर्यकर्मी गंगा गुरुङले सहजीकरण गर्नुहुने जनाइएको छ ।

 

Advertisment