डब्लूओटू गमबहादुर गुरुङद्वारा ७२ घर परिवारलाई  १ लाख ४६ हजार बराबरको सहयोग

पोखरा, २७ असार ।

चिउली पाचे तमु समाज का वरिष्ठ सल्लाहकार डब्लूओटू गम बहादुर गुरुङ तथा वहाँका श्रीमती तिल कुमारी गुरुङद्वारा चिउली पाचे तमु समाजका पोखरामा बसोबास सदस्य हरु कोविड–१९ को प्रकोपले बन्दाबन्दी को कारण समस्यामा परेका ७२ घरपरिवार लाई रु १,४६,१६०/– बराबर को खाद्यान्न सामाग्री सहयोग वितरण गरिएको छ । चिनको वुहान राज्यबाट फैलिएको नोवेल कोरोना भाईरस तिव्र रुपमा विश्वभर महामारीको रुपमा फैलिन थाल्यो । विश्वभर यो रोग फैलिरहँदा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन र विस्तारै नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या पनि दिनानुदिन बढ्दै जान थाल्यो । नेपालमा पनि कोरोना संक्रमण देखा पर्न थाले पछि नेपाल सरकारले पनि विभिन्न स्वास्थ्य मापदण्डहरुका साथ लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय ग¥यो र कोरोना भाईरसको पहिलो लहरले नेपाल पनि अछुतो रहन सकेन उक्त लकडाउनको समयमा गरिब, दैनिक ज्याला मजदुरी गर्ने नेपाली जनताहरु धेरै नै मारमा परे । नेपाली जनताको जिवन नै अस्त व्यस्त हुन पुग्यो । पहिलो लहरको समाप्ती सँगै नेपाल सरकारले बिस्तारै लकडाउन पनि खुकुलो पार्दै गयो र नेपाली जनताको जनजिवन पनि बिस्तारै सामान्य बन्दै गईरहेको थियो । तर पुनः कारोना भाईरसको परिवर्तित स्वरुप छिमेकी देश भारतमा देखिन थाल्यो र यो सँगै नेपालमा पनि कोरोना भाईरसको परिवर्तित रुप देखिन थाल्यो । कोरोना भाईरसको दोस्रो लहरको आगमन सँगै नेपाल सरकारले पुनः लकडाउन ग¥यो जसले गर्दा पुनः नेपाली जनताको जनजिवन अस्तव्यस्त हुन थाल्यो । यहि कुराको मध्यनजर गर्दै पोखरामा बसोबास गर्ने चिउली पाचे तमु समाजका समस्यामा परेका सदस्यहरुलाई समाजका वरिष्ठ सल्लाहकार, लेखनाथ सामुदायिक सेवा एवं प्रहरी सेवा केन्द्रका मानर्थ सदस्य, प्रथम दानवीर भनेर चिनिने, वरिष्ठ समाजसेवी डब्लूओटू गम बहादुर गुरुङ र वहाँको धर्मपत्नी श्रीमती तिल कुमारी गुरुङबाट समाजका ७२ घरपरिवारलाई रु.१,४६,१६०/– (अक्षेरुपी एक लाख छयालीस हजार एक सय साठी ) बराबरको खाद्यान्न सामाग्री सहयोग चिउली पाचे तमु समाज घरको प्राङ्गणमा एक राहत वितरण कार्यक्रमको आयोजना गरि दानवीर दम्पति बाट ७२ घरपरिवार लाई हस्तान्तरण गर्नुभयो । चिउली पाचे तमु समाजको आयोजनामा वरिष्ठ सल्लाहकार दानवीर,सहयोग दाता ध्इद्द गम बहादुर गुरुङ को प्रमुख अतिथित्यमा, चिउली पाचे तमु समाजका अध्यक्ष कप्तान सम्सेर गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन समाजका सचिव एक प्रसाद गुरुङले गर्नुभएको थियो कोरोनाको विषम परिस्थितिमा बन्दाबन्दीको कारण काम र व्यवसाय गरेर आफ्नो दैनिकी र परिवारको भरणपोषणमा परिरहेको समस्या र समाजका सदस्यहरुमा परेको समस्याहरुलाई आत्मसाथ गर्नु भै सहयोग दाता दानवीर दम्पतीले चिउली पाचे तमु समाज पोखराका ७२ घरपरिवार लाई सहयोग गर्नु भएको थियो । सहयोग वितरण कार्यक्रममा बोल्नु हुँदै “समाजका समस्यामा परेका सदस्यहरुलाई सानो सहयोग गर्न पाउँदा म अत्यन्तै खुशी छु, हामी दम्पतिद्वारा गरिएको यो सानो सहयोगलाई राहत नसम्झनु होला । यसलाई हजुर हरुले प्रसाद/सहयोगको रुपमा लिई हामिलाई पुण्य कमाउने अवसर दिनुहोला” डब्लूओटू गमबहादुर गुरुङले भन्नुभयो । साथै कार्यक्रमलाई सफल बनाउन आयोजना तथा व्यवस्थापनमा खटिएर सहयोग गर्नुहुने समाजका कार्यसमिति प्रती आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो । “समाजका सदस्यहरुले मात्र नभै सम्पूर्ण नेपालीहरुले एक आपसमा सहयोग गर्नु अति नै उच्च कार्य हो” कार्यक्रमका अध्यक्ष तथा चिउली पाचे तमु समाजका अध्यक्ष कप्तान सम्सेर गुरुङले बताउनु भयो । समाजका वरिष्ठ सल्लाहकार ज्यूबाट समस्यामा परेका समाजका परिवारलाई खाद्यान्न सामाग्री सहयोग गर्नुभएकोमा समाजका वरिष्ठ सल्लाहकार दानवीर दम्पती प्रती आभारका साथ धन्यवाद व्यक्त गर्नुभयो ।

Advertisment