पोखरा, १४ असोज
आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेश परिषद् सचिवालयको प्रथम ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा उमानसिंह (माओत्सेतुङ) गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सन्तोष पिठाकोटेमगर, सोमबहादुर गुरुङ, दीपकमान उदास, महासचिवमा गोविन्द पुनमगर, सचिवमा इन्द्रमाया गुरुङ, गल गुरुङ, कोषाध्यक्षमा दुर्गा रोकामगर, सह–कोषाध्यक्षमा अमर दोङ तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
चलचित्र निर्देशक कृष्णकुमार गुरुङको संयोजकत्वमा गठित निर्वाचन मण्डलको सदस्यहरूमा गुञ्जबहादुर गुरुङ, मेजन पुनमगर, जसु गुरुङ र रूद्रबहादुर श्रीसमगर रहनुभएको थियो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति चलचित्र महासंघ, संघीय परिषद्का अध्यक्ष पूर्खाजित राईले आदिवासी जनजाति मातृभाषी चलचित्रको उत्थानका लागि राज्य तहबाटै विशेष योजना बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सो अवसरमा आदिवासी जनजाति चलचित्र महासंघका सचिव राजवंशी, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का अध्यक्ष गुञ्जबहादुर गुरुङ, मगर चलत्रिकर्मी संघ, गण्डकी प्रदेशका संयोजक राहुल थापामगरलगायतले बोल्नुभएको थियो ।
आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेश तदर्थ परिषद्का अध्यक्ष उमानसिंह (माओत्सेतुङ) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष पिठाकोटेमगर, महासचिव गोविन्द पुनमगरले पनि बोल्नुभएको थियो ।
आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकीमा माओत्सेतुङ गुरुङ
१४ आश्विन २०८०, आईतवार
141
Advertisment