मगर संघ, रामबजारको मौलिक सालैजो ‘म त प¥यो मगर’

पोखरा, ५ साउन
नेपाल मगर संघ, रामबजार एकाइ समिति, पोखराले मौलिक सालैजो “म त प¥यो मगर” बोलेको नयाँ मौलिक सालैजो बजारमा ल्याएको छ ।
चर्चित लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरको आफ्नै लय, शब्द र स्वरमा सार्वजनिक भएको यस सालैजोमा गायिका सञ्जु थापा मगर, प्रेमा राना मगर र रुपी सिंजाली मगरले साथ दिएका छन् । यस गीतमा संगीत संयोजन पनि गायक प्रसाद आफैंले गरेका छन् ।
मारुनी डिजिटलमा रेकर्डिङ गरिएको यस गीतका रेकर्डिष्ट सुमन राना मगर र मिक्सिङ कुमार राना मगरले गरेका हुन् । म्यूजिक भिडियोको निर्देशन केशव आले मगरले गरेका हुन् भने माधव गुरुङ र प्रेम थापाले खिचेका हुुन् । दानबहादुर श्रीस मगरको सम्पादन, सगुन तामाङको ड्रोन, मिलन गुरुङको कला संयोजन, तृष्णा थापा मगर र पुनम थापा मगरको मेकअप, भूमिराज बलामी मगर र आशीष गुरुङको आईटी सहयोग रहेको छ । यस म्यूजिक भिडियो श्रीस साउण्ड एण्ड भिडियोमा पोष्ट प्रोडक्सन गरिएको हो ।

Advertisment