मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको चौथौ बार्षिक साधारण सभा सम्पन्न !

न्यूयोर्क,जुन,०९ / २०२४

गर संघ अमेरिका न्यूयोर्क च्याप्टरले चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाको उद्घाटन  प्रमुख अतिथि कुल बहादुर राना मगर केन्द्रिय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर र न्यूयोर्क च्याप्टर का अध्यक्ष अमृत रोका मगरले प्रथम सहिद लखन थापा मगर र मगर संघको संस्थापक अध्यक्ष स्व.हेमराज पुन मगरको तस्बिरमा खादा लगाई कार्यक्रमको समुदघाटन गर्नुभएको थियो ।

सभामा सचिव रत्नसिह गर्वुजा मगरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै उक्त साधारण सभामा बार्षिक खर्च र आम्दानी विबरण कार्य समिति र सल्लाहकार तथा केन्द्रका प्रतिनिधिहरूको सर्वसम्मतिले पारित गरेको छ भने सो सभामा बन्नु भएका नयाँ आजीवन सदस्यहरूलाई खादा लगाई सम्मान गरिएको थियो ।

Advertisment