अमेरिकामा मगरहरूको जनगणना शुरू, मगर संघ अमेरिकाले जनगणना गर्दै !

न्यूयोर्क, मार्च/२०/२०२३

२० ओं बार्षिक उत्सवको अवसरमा अमेरिकामा रहेका मगरहरूको जनसंख्याको तथ्यांक राख्न मगर संघ अमेरिकाले मगरहरूको जनगणना २०२४ को कार्यक्रम  शुक्रबार देखि शुरू गरेको जनगणनामा सहभागी भई आफ्नो तथ्यांक राख्न अनलाईनको लिंकमा वा सिधै बारकोडमा गएर फर्म भर्न सकिन्छ।

जनसंख्या जनगणना कार्यक्रममा आफ्नो तथ्यांक राख्न समस्या परे मगर संघ अमेरिकाका प्रतिनिधिहरूलाई सम्पर्क गरेर सहयोग लिन सकिन्छ अमेरिकाभरी  जनसंख्या तथ्यांक राख्न सहयोगी प्रतिनिधिहरू पर्यवेक्षकहरूलाई खटाईएको छ।

यस्तो कार्यक्रमले मगरहरूलाई एकै ठाउमा गोलबद्द गर्ने अभियानलाई सहयोग पुग्ने सबै मगरहरूको हितका लागि सामाजिक कार्य गर्न गराउन यस्तो तथ्यांकको संजाल मार्फत सहयोग पुग्नेछ साथै यस्तो जनगणना कार्यक्रम पहिलो पटक गर्न लागिएकोले सबै आमाबुवा,दाजुभाई तथा दिदिबहिनीहरूलाई मगरहरूको जनगणनामा सहयोग पुर्याउन समेत मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगरले आग्रह गर्नुभयो

Advertisment